बुधवार १४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौंः
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बुधवार देशभर १४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेहरूको कुल संख्या १५ सय ३८ पुगेको छ ।
देशका विभिन्न प्रयोग शालाहरूमा गरिएको पिसिआर परीक्षणमा बुधवार थप १४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै बुधवारसम्म नेपालमा २ लाख ३६ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । बुधवार सम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ४६ छ ।
त्यस्तै, बुधवार थप १५ सय ६८ जना कोरोना संक्रमणबाट निको भएर पूर्ण स्वास्थ्य बनेको पनि मन्त्रालयले जनाएको छ । कोरोनामुक्त हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ ।
बुधबार देशभरका विभिन्न प्रयोगशालामा थप ८ हजार ३ सय जनाको पिसिआर विधिबाट नमुना परीक्षण गरिएको छ । हालसम्म पिसिआर परीक्षणको संख्या १७ लाख ५४ हजार ६ सय ३० पुगेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार